Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

कामना सेवा विकास बैंकको नाफा ३३ प्रतिशतले बढ्यो

कामना सेवा विकास बैंकको नाफा ३३ प्रतिशतले बढ्यो


  • 1.1K
    Shares

    कामना सेवा विकास बैंकको नाफा ३३ प्रतिशतले बढ्यो
    images

    काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

    बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा ३३.५१ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ६६ करोड ९७ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। गत आर्थिक वर्षमा बैंकको ईपीएस ३.६७ रुपैयाँले बढेर २२.७५ रुपैयाँ पुगेको छ।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.९८ प्रतिशतले बढेर २ अर्ब ४१ करोड ८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा खुद ब्याज आम्दानी २ अर्ब ३१ करोड ८४ लाख ९४ हजार रुपैयाँ थियो।

    बैंकको सञ्चालन मुनाफा पनि ३२.८७ प्रतिशतले बढेर १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ पुगेको छ। यस्तै, इम्पेरमेन्ट चार्ज घटेर १३ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ।

    असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ६० करोड ११ लाख रुपैयाँ रहेको छ। यस आधारमा बैंकले १५.१६ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।

    बैंकको खराब कर्जा (एनपीएल) भने बढेको छ। अघिल्लो वर्ष ३.४९ प्रतिशत रहेको खराब कर्जा बढेर समीक्षा अवधिमा ३.७७ प्रतिशत पुगेको छ।

    हाल बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब १४ करोड १३ लाख रुपैयाँ सञ्चित छ। बैंकले गत आर्थिक वर्षमा ६६ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५५ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

    प्रकाशित मिति :श्रावण २७ २०८३ बुधवार - ११:५४:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij