Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

कुमारी बैंकको नाफामा ३०५ प्रतिशतको उछाल

कुमारी बैंकको नाफामा ३०५ प्रतिशतको उछाल


  • 1.6K
    Shares

    कुमारी बैंकको नाफामा ३०५ प्रतिशतको उछाल
    images

    काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०८२/८३ को  वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकले एक वर्षमा ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

    अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ८१ लाख ९६ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा यस वर्ष ३०५.९६ प्रतिशतले बढेको हो।

    समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १०१.१० प्रतिशतले बढेर ११ अर्ब २३ करोड ५५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ५ अर्ब ५८ करोड ७१ लाख रुपैयाँ थियो।

    बैंकको ब्याज आम्दानी भने केही घटेको छ। गत वर्ष १२ अर्ब १ करोड ३० लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले अघिल्लो वर्ष ११ अर्ब ६२ करोड १५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो।

    कुमारी बैंकको चुक्तापुँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने रिजर्भमा १७ अर्ब ७७ करोड ६५ लाख रुपैयाँ सञ्चित छ। बैंकको वितरणयोग्य मुनाफा भने ७९ करोड १६ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

    समीक्षा अवधिमा बैंकले ४ खर्ब २ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    यस्तै, बैंकको खराब कर्जा (एनपीएल) अनुपात बढेर १.९४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल ०.७४ प्रतिशत रहेको थियो।

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २८.१७ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७०.८० रुपैयाँ कायम भएको छ।

    प्रकाशित मिति :श्रावण २७ २०८३ बुधवार - ११:१९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij