२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो लाभांश रकम बुझिलिन आफ्ना शेयरधनीहरुलाई आग्रह गरेको छ ।
कम्पनीले एक सूचना जारी गर्दै यस्तो बताएको हो । बैंकले विगतका साधारणसभाबाट पारित भए बमोजिम गत आर्थिक वर्षसम्ममा पाँच वर्ष अवधि नाघेको तर सम्बन्धित शेयरधनीले लाभांश नलिएको भन्दै लिन बाँकी रहेका शेयरधनीलाई बुझिलिन आग्रह गरेको छ ।
सम्बन्धीथ शेयरधनीहरुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर रजिष्ट्रार एनआईएमबिएस क्यापिटलमा सम्पर्क गर्न आह्वान गरेको हो । अन्यथा लिन बाँकी नगद लाभांश प्रचलित कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij