Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

काठमाडौं ग्वार्कोमा बस दुर्घटना, एकजनाको मृत्यु, ६ जना घाइते

काठमाडौं ग्वार्कोमा बस दुर्घटना, एकजनाको मृत्यु, ६ जना घाइते


  • 1.5K
    Shares

    काठमाडौं ग्वार्कोमा बस दुर्घटना, एकजनाको मृत्यु, ६ जना घाइते
    images

    काठमाडौं । ललितुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको छ । बिहीबार बिहान साढे १० बजेतिर कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बस फ्लाईओभरमा ठोक्किएर दुर्घटना भएको हो ।

    एसपी मिश्रका अनुसार बा२ख ३५९० नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बी एण्ड बी अस्पताल पठाइएको छ ।

    प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - ११:२६:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij