Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, कसको तलब कति पुग्यो ?

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, कसको तलब कति पुग्यो ?


  • 1.3K
    Shares

    सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, कसको तलब कति पुग्यो ?
    images

    काठमाडौं ।  सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, मुख्यसचिव र प्रधानसेनापतिको तलब ९० हजार ५९४ रुपैयाँ पुग्यो

    सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत वृद्धि गरेको राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले साउन १ गतेदेखि लागू हुने गरी निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षक, स्वास्थ्यकर्मी तथा प्रदेश र स्थानीय तहका कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको हो।

    नयाँ तलबमानअनुसार प्रशासनिक संयन्त्रका सर्वोच्च पद मुख्यसचिव र नेपाली सेनाका प्रधानसेनापतिको मासिक तलब ९० हजार ५९४ रुपैयाँ कायम भएको छ। यसअघि उनीहरूको कुल तलब ८४ हजार ९३२ रुपैयाँ थियो।

    त्यस्तै नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक तथा सरकारका सचिवहरूको तलब ८४ हजार ५७६ रुपैयाँ पुगेको छ।

    सरकारी सेवामा सबैभन्दा कम तलब पाउने श्रेणीविहीन कर्मचारी अर्थात् कार्यालय सहयोगी, हल्कारा र हुलाकीको तलब २८ हजार ९८४ रुपैयाँ पुगेको छ। उनीहरूको सुरु तलबमान २७ हजार १७२ रुपैयाँ थियो।

    नयाँ व्यवस्थासँगै सरकारले कर्मचारीलाई मासिक १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था पनि गरेको छ। एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि भएको तलबको १० प्रतिशत रकम मासिक प्रोत्साहन भत्ताका रूपमा उपलब्ध गराइनेछ।

    सामुदायिक विद्यालयका शिक्षकतर्फ माध्यमिक तह प्रथम श्रेणीको तलब ७४ हजार ९५८ रुपैयाँ पुगेको छ भने प्राथमिक तहका शिक्षकको न्यूनतम तलब ३४ हजार ४२६ रुपैयाँ कायम भएको छ।

    स्वास्थ्य सेवातर्फ अधिकृत बाह्रौँ तहका कर्मचारीको तलब ८४ हजार ५७६ रुपैयाँ पुगेको छ। तलब वृद्धिसँगै अवकाशप्राप्त कर्मचारीको पेन्सन रकम पनि १० प्रतिशतले वृद्धि हुने भएको छ। अर्थ मन्त्रालयले सबै सरकारी निकायलाई साउन १ गतेदेखि नै नयाँ तलबमानअनुसार भुक्तानी गर्न निर्देशन दिएको छ।

     

     

    प्रकाशित मिति :श्रावण २१ २०८३ बिहिवार - ११:२३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij