२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको छ।
दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको प्रहरीले जनाएको छ। घटनास्थलमा मोटरसाइकल जलेको अवस्थामा भेटिएको छ भने दुर्घटनास्थल नजिकै एक व्यक्ति छटपटाइरहेको अवस्थामा देखिएको बताइएको छ।
प्रहरीका अनुसार दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। घटनाबारे थप अनुसन्धान तथा विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij