Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

तरकारी बोकेको ट्रक खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते


  • 911
    Shares

    तरकारी बोकेको ट्रक खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते
    images

    काठमाडौं । भिमफेदी गाउँपालिका–२ तिलटार स्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

    बुधबार राति पालुङबाट वीरगञ्जतर्फ तरकारी लिएर जाँदै गरेको मधेस प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित भई करिब १०० मिटर तल चण्डी खोलामा खसेर दुर्घटना भएको थियो ।

    दुर्घटनामा ट्रक चालक मकवानपुरको २३ वर्षीय रञ्जित कार्कीको दाहिने खुट्टा भाँचिनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको छ । ट्रकमा सवार चालकका काका ३६ वर्षीय अर्जुन कार्की गम्भीर घाइते भएका थिए ।

    दुवै जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा बिहान ९:१५ बजे चिकित्सकले अर्जुन कार्कीलाई मृत घोषणा गरेका हुन् ।

    दुर्घटनाका बेला ट्रकमा चालकसहित दुई जना मात्रै सवार रहेको खुलेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

     

    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - ११:२३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij