Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

नर्स ज्योति रानाभाटले तोडिन् अनशन

नर्स ज्योति रानाभाटले तोडिन् अनशन


  • 785
    Shares

    नर्स ज्योति रानाभाटले  तोडिन् अनशन
    images

    काठमाडौं । नर्स ज्योति रानाभाटले आमरण अनशन तोडेकी छन् । सरकारसँग १९ बुँदे सहमति भएपछि उनले अनशन तोडेकी हुन् । सरकारकातर्फबाट स्वास्थ्‍य तथा खाद्यय स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा.श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त चन्द्र झा र कानुन अधिकृत जयप्रसाद सुवेदी र नर्स रानाभाटबीच सहमति भएको हो ।

    स्वास्थ्य मन्त्रालयका सचिव डा। विकास देवकोटाका साथै प्रधानमन्त्रीकी स्वकीय सचिव प्रकृति ढकाललगायत अन्य विभिन्न मन्त्रालयका प्रतिनिधिको रोहबरमा सहमति गरेर ज्योतिले अनशन तोडेकी हुन ।

    नर्स रानाभाटले १५ बुँदे माग राख्दै साउन १४ गतेदेखि नेपाल नर्सिङ काउन्सिल परिसरमा आमरण अनशन सुरु गरेकी थिइन् । उनका माग सम्बोधनको पहल गर्ने गरी सहमति भएको छ ।

    रानाभाटले सेवा सुविधाका साथै भ्रष्टाचारमुक्त, पारदर्शी र उत्तरदायी नेपाल नर्सिङ परिषद्, गुणस्तरीय नर्सिङ शिक्षा, निष्पक्ष लाइसेन्स परीक्षा, सम्मानजनक सेवा–सुविधा तथा सुरक्षित स्वास्थ्य प्रणाली निर्माणको माग अघि सारेकी थिइन् ।

    1n.jpg

    n2.jpg

    n3.jpg

    प्रकाशित मिति :श्रावण २० २०८३ बुधवार - १०:४१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij