Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

रोल्पामा जिप दुर्घटना, नौ जना घाइते

रोल्पामा जिप दुर्घटना, नौ जना घाइते


  • 974
    Shares

    रोल्पामा जिप दुर्घटना,  नौ जना घाइते
    images

    काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका-५ हान्जाबाङस्थित सडकमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये सहचालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

    गंगादेव गाउँपालिका–१ भुर्तिबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको लु १ ज १७४३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको हो। २२ वर्षीय चालक दिलकुमार वलीले चलाएको जिपमा चालकसहित १० जना सवार थिए।

    दुर्घटनामा धर्मराज डाँगी, सुपुरी डाँगी, पलबहादुर घर्तीमगर, गम्भीर घाइते भएका सहचालक चित्रराम वली, मनिका डाँगी, उनका चार वर्षीय छोरा प्रदीप डाँगीसहित अन्य तीन जना घाइते भएका छन्।

    सबै घाइतेको जुगार स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पठाइएको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

    प्रकाशित मिति :श्रावण १९ २०८३ मंगलवार - १७:०१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij