२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । सुनसरी र सिरहामा भएको झडपमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा सुनसरीको देवानगञ्ज गाउँपालिकाका ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता, २२ वर्षीय रविन्द्र मेहता र सिरहाको औरही गाउँपालिका–२ का १८ वर्षीय गणेश यादव रहेका छन् ।
दुई समुदायबीच उत्पन्न विवादका कारण केही दिनदेखि देखिएको तनावले उग्र रूप लिएपछि झडप भएको थियो । घटनापछि प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
गृह मन्त्रालयले पछिल्लो समय दुवै स्थानको अवस्था सामान्य बन्दै गएको जनाएको छ । स्थानीय प्रशासन, सुरक्षा निकाय र सरोकारवालाको पहलपछि तनाव मत्थर भएको मन्त्रालयको भनाइ छ ।
सरकारले घटनाबारे छानबिन तथा आवश्यक सुरक्षा व्यवस्थापनलाई निरन्तरता दिएको जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij