Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

प्रधानमन्त्री बालेन र गृहमन्त्री गुरुङबीच भेट, मधेशको सुरक्षा अवस्थाबारे छलफल

प्रधानमन्त्री बालेन र गृहमन्त्री गुरुङबीच भेट, मधेशको सुरक्षा अवस्थाबारे छलफल


  • 1.0K
    Shares

    प्रधानमन्त्री बालेन र गृहमन्त्री गुरुङबीच भेट, मधेशको सुरक्षा अवस्थाबारे छलफल
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हो । 

    प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, भेटमा तराई-मधेशको पछिल्लो अवस्थाबारे ब्रिफिङ भएको बताइएको छ । गृहमन्त्री गुरुङ आफैं मधेश झरेर काम गरेकाले त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

    तराई–मधेशमा भएको पछिल्लो घटना र स्थिति साम्य हुँदासम्मको अवस्थाबारे प्रधानमन्त्रीले गृहमन्त्रीबाट जानकारी लिएका छन् । आगामी दिनमा कस्तो सुरक्षा रणनीति अपनाउनुपर्ने भन्नेबारे पनि सामान्य छलफल भएको बताइएको छ ।

    १० साउनको राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच विवाद हुँदा झडप भएको थियो । त्यसपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको थियो । सुुनसरी घटनामै थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । यही घटना अन्य जिल्लामा फैलिएपछि सिरहामा पनि गोली लागेर एक जनाको मृत्यु भएको थियो ।

     

    प्रकाशित मिति :श्रावण १९ २०८३ मंगलवार - १३:३९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij