२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । बाजुरामा विषालु च्याउ खाँदा एकजनाको मृत्यु भएको छ ।
बडिमालिका-७ धम्कनेका ५१ वर्षीय रामे थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । थापाको उपचारका क्रममा जिल्ला अस्पताल मार्तडीमा मृत्यु भएको हो ।
उनीकी श्रीमती नाम्सरी थापा पनि गम्भीर बिरामी छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij