Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

राजविराज र बोदेबर्साइनमा निषेधाज्ञा हटाइयो

राजविराज र बोदेबर्साइनमा निषेधाज्ञा हटाइयो


  • 883
    Shares

    राजविराज र बोदेबर्साइनमा निषेधाज्ञा हटाइयो
    images

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय सप्तरीबाट राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी रहेको निषेधाज्ञा सोमबार बिहान १०:०० बजेदेखि पूर्ण रूपमा हटाएको छ।

    सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाका अनुसार सुनसरीको देवानगञ्ज भएको घटनापछि दुई समुदायबीच उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै जिल्लामा कर्फ्यु तथा निषेधाज्ञा जारी गरिएको थियो।

    आइतबार जिल्ला प्रशासनको समन्वयमा राजविराजसहित  जिल्लाका विभिन्न स्थानमा शान्ति तथा सद्भाव र्‍याली आयोजना गरिएको थियो। उक्त र्‍यालीमा विभिन्न समुदाय, राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

    प्रशासनले जिल्लामा हाल शान्ति-सुरक्षा अवस्था सामान्य रहेको जनाउँदै सबैलाई आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकता कायम राख्न आग्रह गरेको छ। 

    DAO.jpg

    प्रकाशित मिति :श्रावण १८ २०८३ सोमवार - १२:११:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij