Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

भदौदेखि देशव्यापी आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

भदौदेखि देशव्यापी आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा


  • 1.8K
    Shares

    भदौदेखि देशव्यापी आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा
    images

    काठमाडौँ । नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ । महासंघको राष्ट्रिय परिषद् बैठकले विभिन्न माग राखी आन्दोलनमा जाने निर्णय गरेको हो ।

    महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार भदौबाट आन्दोलन गर्ने निर्णय भइसकेको र आन्दोलनका थप कार्यक्रम तथा तिथि-मिति आगामी विस्तारित कार्यालय बैठकले तय गर्नेछ ।

    नयाँ शिक्षा ऐन अविलम्ब जारी हुनुपर्ने र शिक्षा नियमावलीको १० औँ संशोधनका कतिपय प्रावधानप्रति महासंघले असहमति जनाएको छ । “नयाँ शिक्षा ऐन जारी हुनुपर्छ र दशौँ संशोधनमा समेटिएका प्रावधानहरू शिक्षक हितअनुकूल छैनन्,” महासचिव थापाले भने ।

    महासंघले शिक्षक सरुवा प्रणाली, विद्यालय कर्मचारी, प्रारम्भिक बालविकास शिक्षक तथा अस्थायी प्रकृतिका शिक्षकहरूको उचित व्यवस्थापन हुनुपर्ने माग दीर्घकालदेखि अघि सार्दै आएको छ । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने महासंघको चेतावनी छ ।

    प्रकाशित मिति :श्रावण १८ २०८३ सोमवार - ०९:४९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij