२०८३ श्रावण १५ गते शुक्रवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा २४ अर्ब १८ लाख रुपैयाँ बढी लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको विभिन्न कोषमा रहेको २४ अर्ब १८ करोड ७६ लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो।
यसका लागि साउन १८ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।
कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा १९ अर्ब ३५ करोड २ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ३ अर्ब ६२ करोड ८१ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १ अर्ब २० करोड ९३ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।
यो लगानी सन् २०२६ अगस्ट १२ देखि २०२७ अगस्ट १२ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij