Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कामना सेवा विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचार उपकरण हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचार उपकरण हस्तान्तरण


  • 463
    Shares

    कामना सेवा विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचार उपकरण हस्तान्तरण
    images

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमक मार्फत दमक पालिका–७ स्थित नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचार उपकरण अन्तर्गत कार्डियो मोनिटर तथा सक्सन मेशिन हस्तान्तरण गरेको छ । स्वास्थ्य उपचारका लागि अत्यावश्यक यी उपकरणहरू विशेषगरी सर्पदंश लगायतका आकस्मिक अवस्थाका बिरामीको उपचारमा महत्वपूर्ण सहयोगी हुने बैंकले जनाएको छ ।

    बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नेपाल रेडक्रस सोसाइटीका सभापति गोमा देवी प्रसाईं बुढाथोकीलाई कार्डियो मोनिटर तथा सक्सन मेशिन हस्तान्तरण गरेका थिए । रेडक्रस सोसाइटीका सभापति बुढाथोकीले बैंकप्रति धन्यवाद व्यक्त गर्दै यस सहयोगले सर्पदंशका कारण गम्भीर अवस्थामा पुगेका बिरामीको स्वास्थ्य अवस्था निगरानी गर्न कार्डियो मोनिटर तथा श्वासप्रश्वाससम्बन्धी आकस्मिक अवस्थामा आवश्यक सहयोग पु¥याउन सक्सन मेसिन उपयोगी हुने बताए ।

    कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भुसालले स्वास्थ्य सेवा समुदायको आधारभूत आवश्यकता भएकाले स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनलाई थप प्रभावकारी बनाउन सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको जानकारी दिए । यस सहयोगले दमक क्षेत्रका नागरिकलाई आवश्यक पर्दा थप सहज स्वास्थ्य सेवा प्राप्त गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

    उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, नेपाल रेडक्रस सोसाइटीका अधिकृत तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।  बैंकले आगामी दिनहरूमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यहरूलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

     

     

    प्रकाशित मिति :आश्विन १ २०८३ बिहिवार - १३:३४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij