२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । अछाममा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कालीकोटके रुकुम पश्चिमको चौरजहारी नगरपालिका-९ का २७ वर्षीय जय प्रकाश स्वर्णकार रहेका छन्।
उनी कालीकोटकी १७ वर्षीया किशोरी माथि जबरजस्ती करणी गरेको आरोपमा मंगलवार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी चन्द्रप्रकाश खनालले जानकारी दिएका छन्।
कालीकोटकी ती किशोरी अछाममा घुम्नका लागि आएकी थिइन्। प्रहरी घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij