२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार आगामी दसैँसम्म मात्र टिक्ने दाबी गरेका छन्।
झापाबाट काठमाडौं ओर्लिएलगत्तै विमानस्थलको निषेधित क्षेत्रमा बोल्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएर घर पुर्याइदिएपछि प्रसाईँले आफ्नो निजी निवासमै आकस्मिक पत्रकार सम्मेलन गर्दै यस्तो भविष्यवाणी गरेका हुन्। सरकार जुन बाटो र तरिकाबाट आएको हो, सोही बाटोबाट बाहिरिने जिकिर गर्दै उनले वर्तमान राज्य प्रणाली र सरकारको कडा आलोचना गरेका छन्।
पत्रकार सम्मेलनमा आक्रामक रूपमा प्रस्तुत भएका प्रसाईँले भने, "जुन तरिकाले बम, बारुद र आगोको लप्का थियो, जुनबाटो आएको थियो , त्यही तरिकाले तिमीहरू जाँदैछौ। अर्काको घरमा आगो लगाउन तिमीहरूले नै सिकाएका हैनौ? "राहदानी विभाग अगाडि आत्मदाह गरेका गणेश नेपालीको विषयलाई जोड्दै उनले जरिवाना तिर्न नसकेर नागरिकले ज्यान फाल्नुपर्ने अवस्था आउनु ‘राक्षसहरूको भूगोल’ जस्तो भएको टिप्पणी गरेका छन्।
यो व्यवस्थाले सर्वसाधारणलाई आफैँमाथि पेट्रोल खन्याएर मर्न बाध्य पारेको भन्दै आफ्नो अभियानले नागरिकलाई गरीखान दिनुपर्ने माग मात्र उठाएको उनले प्रष्ट पारेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij