Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गुल्मीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

गुल्मीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते


  • 1.0K
    Shares

    गुल्मीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते
    images

    काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिका-८ गजुरास्थित तम्घास-रेसुङ्गा सडकखण्डमा आज बिहान भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

    रेसुङ्गा पोखरीबाट तम्घासतर्फ आउँदै गरेको लु१ज १५२८ नम्बरको सफारी जिप राति साढे २ बजे दुर्घना हुँदा ४ जना घाइते भएका थिए । घाइतेमध्ये रेसुङ्गा नगरपालिका-२ बाघमारे घर भई हाल बसपार्क बस्ने १६ वर्षीय सुदिप नेपालीको उपचारका क्रममा मृत्यु भएको हो ।

    टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई जिल्ला अस्पताल तम्घासमा प्रारम्भिक उपचारपछि मेडिकल कलेज प्रभास, पाल्पा रेफर गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिएका छन् ।

    दुर्घटनामा प्युठानको नौबहिनी गाउँपालिका-१ घर भई हाल बसपार्क बस्ने १७ वर्षीय अर्जुन बुढाथोकी, बागलुङ भिमगिठ्ठे घर भई हाल रेसुङ्गा नगरपालिका-८ बसपार्क बस्ने १८ वर्षीय गणेश परियार र रेसुङ्गा नगरपालिका-९ चारीखोला निवासी १८ वर्षीय आयुष गैरेको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

    सफारीमा ६ जना सवार थिए । तीमध्ये दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

     

    प्रकाशित मिति :आषाढ २२ २०८३ सोमवार - १२:४२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij