Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कर्णाली प्रदेश सभामा हंगामा, अर्थमन्त्री शाहलाई रोस्ट्रम जानै दिएनन् प्रतिपक्षीले

कर्णाली प्रदेश सभामा हंगामा, अर्थमन्त्री शाहलाई रोस्ट्रम जानै दिएनन् प्रतिपक्षीले


  • 2.0K
    Shares

    कर्णाली प्रदेश सभामा हंगामा, अर्थमन्त्री शाहलाई रोस्ट्रम जानै दिएनन् प्रतिपक्षीले
    images

    काठमाडौं । कर्णाली प्रदेश सभाको बैठक प्रतिपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ। बिहीबार बसेको बैठकमा सभामुख नन्दा गुरुङले बलजफ्ती प्रक्रिया अगाडि बढाउन खोजेपछि विपक्षी दलहरूले सदन सञ्चालनमा अवरोध गरेका हुन्।

    प्रमुख प्रतिपक्षी दल नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पूर्वमुख्यमन्त्री राजकुमार शर्माको नेतृत्वमा प्रतिपक्षी सांसदहरूले बैठक अवरुद्ध पारेका हुन्। आजको बैठकमा सत्ता पक्षले बजेट पारित गर्ने तयारी गरेको थियो। तर, प्रतिपक्षी दलहरूले अर्थमन्त्री राजीवविक्रम शाहलाई रोस्ट्रममा जानबाट रोकेका थिए। 

    सभामुख गुरुङले विपक्षीको विरोधका बाबजुद पेलेरै अघि बढ्न खोजेपछि आक्रोशित प्रतिपक्षी सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए। सदनमा तीव्र हंगामा र नाराबाजी भएपछि सभामुख गुरुङले आधा घण्टाका लागि बैठक स्थगित गरेकी छिन्। 

    प्रकाशित मिति :आषाढ १८ २०८३ बिहिवार - १५:४०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij