Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

आठ थान बन्दुक बरामद

आठ थान बन्दुक बरामद


  • 883
    Shares

    • images
    आठ थान बन्दुक बरामद
    images

    काठमाडौं । सल्यानबाट आठ थान भरुवा बन्दुक बरामद गरिएको छ ।

    बन्गाड कुपिण्डे नगरपालिका-१२ चौरस्थित सिद्धगुफा सामुदायिक वनबाट तीन, बस्नेउरा सामुदायिक वनबाट तीन र त्रिवेणी गाउँपालिका-५ डाँडासल्ले सामुदायिक वनबाट दुई गरी प्रहरीले आठ थान भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयमा राखिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले बताए ।

    बन्दुक वन्यजन्तु चोरीसिकारी गर्नका लागि लुकाएको हुनसक्ने सूचना अधिकारी भट्टराईले जानकारी दिए । एक हप्ताको अवधिमा यी भरुवा बन्दुक बरामद गरिएको हो ।

     

    images
    प्रकाशित मिति :जेठ १९ २०८३ मंगलवार - १०:४५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij