Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

‘सिमित स्रोतका बाबजुद खेलाडीको सम्मानमा कमी हुन दिँदैनौँ’ : खेलकुदमन्त्री

‘सिमित स्रोतका बाबजुद खेलाडीको सम्मानमा कमी हुन दिँदैनौँ’ : खेलकुदमन्त्री


  • 939
    Shares

    • images
    ‘सिमित स्रोतका बाबजुद खेलाडीको सम्मानमा कमी हुन दिँदैनौँ’ : खेलकुदमन्त्री
    images

    काठमाडौं । शिक्षा, खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद क्षेत्रको विकास र खेलाडीको सम्मानका लागि राज्यले अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् । बिहीवार मन्त्रालयमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितको शुभकामनासहित बिदाइ गर्दै उनले यसतो बताएका हुन् । 

    दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीका लागि आयोजित बिदाइ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले खेलाडीहरूको मनोबल उच्च बनाउन सरकारले काम गरिरहेको बताएका छन्। टोलीको सुधारोन्मुख खेलले देशको शिर ठाडो पारेको उल्लेख गर्दै राज्यले खेलकुद क्षेत्रलाई जति गर्नुपर्ने हो, त्यति गर्न नसकेकोप्रति आत्मआलोचना गर्दै उपलब्ध सिमित स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै खेल क्षेत्रको विकास र खेलाडीको वृत्तिविकासमा सरकार सधैँ प्रयत्नशील रहने बताएका छन् । 

    मन्त्री पोखरेलले भने, ‘राज्यले खेलकुद क्षेत्रलाई जति गर्नुपर्ने हो, त्यति गर्न सकेको छैन भन्नेमा म आत्मआलोचना गर्न चाहन्छु । तर उपलब्ध सिमित स्रोत र साधनको अधिकतम सदुपयोग गर्दै खेल क्षेत्रको विकास र खेलाडीको वृत्तिविकासमा सरकार सधैँ प्रयत्नशील रहनेछ । तपाईंहरूले मैदानमा देखाउनुभएको सुधार र मेहनत तारिफयोग्य छ । आज यो हलमा देखिएको ऊर्जा र आत्मविश्वासले यस पटक हामी उपाधि जितेरै आउँछौँ भन्नेमा म पूर्ण विश्वस्त छु ।   

     

    images
    प्रकाशित मिति :जेठ ७ २०८३ बिहिवार - १५:५८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij