Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सिटिजन्स बैंकको नेतृत्वमा ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

सिटिजन्स बैंकको नेतृत्वमा ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


  • 1.9K
    Shares

    सिटिजन्स बैंकको नेतृत्वमा ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
    images

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नेतृत्वमा ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत आयोजना  निर्माणका लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।

    बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच प्रवद्र्धक कम्पनी दिव्यज्योति हाइड्रोपावर लिमिटेड र ऋण लगानी गर्ने बैंकहरूबीच सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको हो ।

    लमजुङको मस्र्याङ्दी गाउँपालिका र बेसीसहर नगरपालिकामा निर्माण हुने यस आयोजनाको कुल अनुमानित लागत ११ अर्ब ३० करोड रुपैयाँ रहेको छ । आयोजनामा ऋण र स्वपूँजीको अनुपात ६७स्३३ रहने गरी वित्तीय व्यवस्थापन गरिएको छ । जसअनुसार सहवित्तीयकरणमा सहभागी बैंकहरूले ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्नेछन् भने बाँकी ३३ प्रतिशत रकम प्रवद्र्धकहरूले लगानी गर्नेछन् ।

    आयोजनालाई आगामी ४ वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । यस आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको उदीपुरस्थित सबस्टेशनमा जोडिनेछ । कम्पनीका अनुसार यस आयोजनाबाट वार्षिक ३१२.६०२ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ, जसमध्ये हिउँदमा ११२.०९९ र वर्षायाममा २००.५०३ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने लक्ष्य छ ।

    सम्झौता कार्यक्रममा बोल्दै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकले स्थापनाकालदेखि नै ऊर्जा क्षेत्रलाई प्राथमिकता दिँदै आएको बताए । उनले हालसम्म बैंकले एकल तथा सहवित्तीयकरणमार्फत कुल ४२ वटा जलविद्युत आयोजनाहरूमा लगानी गरेको जानकारी दिए । यी आयोजनाहरूको कुल क्षमता १,६०५.२२६ मेगावाट रहेको छ । 

    सिटिजन्स बैंकले मात्रै १८ वटा आयोजनामा एकल र बाँकी आयोजनाहरूमा अगुवा वा सहभागी बैंकका रूपमा लगानी गरेको छ । दिव्यज्योति हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष सतिश न्यौपानेले आयोजनाको निर्माणका लागि आवश्यक सबै कानुनी प्रक्रिया तथा पूर्वतयारी पूरा भइसकेकाले समयमै काम सम्पन्न हुनेमा विश्वास व्यक्त गरे ।
     

     

    प्रकाशित मिति :बैशाख ३१ २०८३ बिहिवार - १४:४२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij