Logo

२०८३ बैशाख २२ गते मंगलवार

२०८३ बैशाख २२ गते मंगलवार

नयाँ दिल्लीमा नेपाली कूटनीतिज्ञहरूका लागि विशेष प्रशिक्षण सुरु

नयाँ दिल्लीमा नेपाली कूटनीतिज्ञहरूका लागि विशेष प्रशिक्षण सुरु


  • 533
    Shares

    नयाँ दिल्लीमा नेपाली कूटनीतिज्ञहरूका लागि विशेष प्रशिक्षण सुरु

    काठमाडौं । भारतको नयाँ दिल्लीस्थित सुष्मा स्वराज विदेश सेवा संस्थान (एसएसआईएफएस) मा नेपाली कूटनीतिज्ञहरूका लागि विशेष प्रशिक्षण कोर्ष सुरु भएको छ। 

    उक्त १० दिने विशेष कार्यक्रमको उद्घाटन एसएसआईएफएसका डीन राजदूत राज कुमार श्रीवास्तवले सोमबार गरेका हुन्। यस कूटनीतिक प्रशिक्षण कार्यक्रममा नेपालका ३५ जना कूटनीतिज्ञहरूको सहभागिता रहेको छ।

    उद्घाटन सत्रलाई सम्बोधन गर्दै राजदूत श्रीवास्तवले कूटनीतिको बदलिँदो आयामबारे चर्चा गरे भने एसएसआईएफएसको भूमिका र यसका गतिविधिबारे संक्षिप्त जानकारी दिए। उनले संस्थानको पाठ्यक्रम कूटनीतिज्ञहरूको व्यवहारगत, कार्यगत र क्षेत्रगत क्षमता विकास गर्ने गरी तयार पारिएको स्पष्ट पारे। 

    यसैगरी, उनले भारतको विकसित भारतको दीर्घकालीन परिकल्पना, प्रभावकारी कूटनीतिक सञ्चार, लेखन सीप, कूटनीतिका विभिन्न विषयगत श्रेणीहरू तथा अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तहरूका बारेमा सहभागीहरूलाई प्रकाश पारे।

    श्रीवास्तवले आफ्नो सम्बोधनका क्रममा पूर्वीय दर्शन र कूटनीतिमा कौटिल्य दर्शनको निरन्तर सान्दर्भिकता रहेको औँल्याए। उनले भारतीय विदेश नीतिका मार्गदर्शक सिद्धान्तहरू, ग्लोबल साउथको मानव–केन्द्रित विकास मोडल र यसको उत्थानशीलताका मुख्य आयामहरूमाथि पनि गहन चर्चा गरे। 

    भारतले महामारीका बेला अवलम्बन गरेको भ्याक्सिन मैत्री अभियान, विश्वभर स्थापित योगको महत्त्व तथा भारत सरकारका विभिन्न अन्तर्राष्ट्रिय पहलहरू जस्तै इन्टरनेसनल सोलार एलायन्स (आईएसए), कोइलिजन फर डिजास्टर रिभर्सिबल इन्फ्रास्ट्रक्चर (सीडीआरआई), इन्टरनेसनल बिग क्याट्स एलायन्स (आईबीसीए) र ग्लोबल बायोफ्युल्स एलायन्स (जीबीए) का बारेमा कूटनीतिज्ञहरूलाई अवगत गराइएको छ। 

    नेपाली कूटनीतिज्ञहरूको पेसागत क्षमता अभिवृद्धि गर्न र दुई देशबिचको कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउन यो कोर्ष निकै फलदायी हुने विश्वास लिइएको छ।

    images
    प्रकाशित मिति :बैशाख २२ २०८३ मंगलवार - १५:०४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij