Logo

२०८३ बैशाख ६ गते आइतवार

२०८३ बैशाख ६ गते आइतवार

निफ्राको नाफामा गिरावट, ९ महिनामा ६४ करोड ३३ लाख कमाउँदा ५३ करोड वितरणयोग्य मुनाफा

निफ्राको नाफामा गिरावट, ९ महिनामा ६४ करोड ३३ लाख कमाउँदा ५३ करोड वितरणयोग्य मुनाफा


  • 519
    Shares

    निफ्राको नाफामा गिरावट, ९ महिनामा ६४ करोड ३३ लाख कमाउँदा ५३ करोड वितरणयोग्य मुनाफा

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्ष २०८२\८३ को तेस्रो त्रैमास (साउन-चैत)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

    सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा निफ्राले ६४ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा २८.५३ प्रतिशतले घटेको छ।

    चैतसम्म बैंकले १ अर्ब ८ करोड १२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ब्याज आम्दानी २७.०३ प्रतिशतले कम हो।

    चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकको रिजर्भ र सरप्लसमा ३ अर्ब ४२ करोड ५ लाख रुपैयाँ रहेको छ। रिजर्भ र सरप्लसको आकार पनि ११.१० प्रतिशतले घटेको छ।

    चालु वर्षको चैतसम्म बैंकको सञ्चालन मुनाफा घटेर ९२ करोड २ लाख रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा १ अर्ब २८ करोड ५७ लाख रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि २८.४२ प्रतिशतले घटेको छ।

    समीक्षा अवधिसम्म बैंकले ७ अर्ब ८० करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ५४ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ७ अर्ब ७८ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ५० करोड १० लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

    बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी घटेर ३.९७ रुपैयाँ कायम भएको छ भने पीई रेसियो ६७.४४ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ ११५.८४ रुपैयाँ रहेको छ।    

    images
    प्रकाशित मिति :बैशाख ६ २०८३ आइतवार - १२:४६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij