Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

बालेनको पुरानो र्‍याप विरुद्ध उजुरी, भिडिओ युट्यूवबाट हटाएर सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग

बालेनको पुरानो र्‍याप विरुद्ध उजुरी, भिडिओ युट्यूवबाट हटाएर सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग


  • 673
    Shares

    बालेनको पुरानो र्‍याप विरुद्ध उजुरी, भिडिओ युट्यूवबाट हटाएर सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग

    काठमाडौं । यौनिक अल्पसंख्यक समूदाय (तेस्रोलिंगी)का केही व्यक्तिहरुले प्रधानमन्त्री बालेन्द्र शाहको पुरानो र्यापमाथि आपत्ति जनाउँदै प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन् ।

    उक्त र्यापमा प्रयोग गरिएका शब्दहरु महिलाविरोधि तथा यौनिक अल्पसंख्यक समूदायमाथि घृणा फैलाउने खालका भएको आरोप लगाइएको छ ।

    यौनिक अल्पसंख्यक समूदायका वन राई (बाबु दुमी), विवेक मगर, मनिन्द्र सिंह दनुवार र रोजी पुनले आज उजुरी दिएका हुन् । उजुरी लिएर ब्यूरोले यसलाई प्रक्रियामा लैजाने मौखिक आश्वासन दिएको छ । उजुरी दर्ता हुन भने बाँकी छ ।

    १२ वर्षअघि युट्यूवमा अपलोड भएको बालेन र लिटल ग्रिजलको र्‍याप ब्याटलमाथि उनीहरुले आपत्ति जनाएका हुन् । यो भिडिओमा थुप्रै अश्लिल, स्त्रीद्वैषी र तेस्रोलिंगी समुदायलाई अपमानित गर्ने शब्दहरु छन् । हालै प्रधानमन्त्री बालेनलाई सामाजिक सञ्जालबाट अश्लिल गालीगलौज गरेको आरोपमा एकजना पक्राउ पर्दा यो र्याप ब्याटल चर्चामा आएको थियो ।

    सङ्स नेपाल युट्यूव च्यानलबाट अपलोड भएको भिडिओलाई अहिलेसम्म एक करोड ५० लाखभन्दा बढी भ्यूज प्राप्त भएको छ । यो र्याप ब्याटलमा दिवंगत र्‍यापर यमबुद्ध पनि देखिएका छन् । विगतको एउटा अन्तरवार्तामा बालेनले यो र्याप ब्याटलमा प्रयोग भएका अश्लिल शब्दहरुबारे स्पष्टीकरण दिएका थिए । उनले अश्लिलता र्याप ब्याटलको एउटा विशेषता भएको बताएका छन् । र्यापमा अश्लिलता मिसिएन भने खल्लो हुने उनको टिप्पणी थियो ।

    साइबर ब्यूरोमा दिइएको उजुरीमा र्याप ब्याटलमा प्रयोग भएका हिँजडा, छक्का जस्ता शब्दहरुले यौनिक अल्पसंख्यक समूदायको मानमर्दन भएको गुनासो गरिएको छ ।

    उजुरीमा भनिएको छ, ‘बालेन्द्र शाह हाल नेपालको कार्यकारी प्रमुख (प्रधानमन्त्री) को रुपमा उच्च ओहदामा रहेका सार्वजनिक पद धारण गरेका व्यक्ति हुनुहुन्छ । यस्तो उच्च ओहदामा रहेका व्यक्तिसँग सम्बन्धित भिडिओ सामग्रीले महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायविरुद्ध यौन हिंसा र भेदभावलाई प्रश्रय दिनुका साथै सामाजिक वातावरणलाई विषाक्त बनाएको छ । यसप्रकारको सामग्रीले महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायप्रति असुरक्षित र शत्रुतापूर्ण वातावरण सिर्जना गर्छ ।’

    यो भिडिओबाट भएको कमाई यस समुदायको सकारात्मक सन्देश सम्प्रेषण हुने काममा खर्च गर्न माग गरिएको छ । भिडिओ हटाउन र सार्वजनिकरुपमा माफी मागेर उचित क्षतिपूर्ति दिलाई भराउन पनि माग गरिएको छ ।

    images
    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - १८:२१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij