Logo

२०८३ बैशाख २ गते बुधवार

२०८३ बैशाख २ गते बुधवार

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक


  • 134
    Shares

    बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

    काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज (वैशाख २ गते) फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा तान्ने भएको छ। केन्द्रीय बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको हो।

    यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

    निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। यो ५६ दिने निक्षेप संकलन उपकरणको आउँदो जेठ २७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

    पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता फालाफाल रहेको छ। बैंक तथा वित्तीय संस्थाहरु ३ प्रतिशतको हाराहारीको ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य भइरहेका छन्।

     

     

    images
    प्रकाशित मिति :बैशाख २ २०८३ बुधवार - १३:०३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij