२०८२ चैत्र ५ गते बिहिवार
काठमाडौं । अध्यागमन विभागले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई कुनै पनि खेलमा विदेशी खेलाडीलाई समावेश गराउँदा कार्य सहमति र श्रम स्वीकृति लिएर मात्र सहभागी गराउन अनुरोध गरेको छ।
विभागले आज एन्फालाई पत्र पठाउँदै पर्यटक भिसामा नेपालमा रहेका विदेशी खेलाडीलाई कुनै पनि प्रतियोगितामा सहभागी नगराउन निर्देशन दिएको हो ।
एन्फा मातहत सञ्चालन भइरहेको राष्ट्रिय महिला तथा पुरुष लिग फुटबलमा केही क्लबहरूले पर्यटक भिसामा आएका विभिन्न देशका खेलाडीलाई समावेश गरेको भन्दै विभागमा उजुरी परेको थियो ।
अध्यागमन नियमावली, २०५१ को नियम २० अनुसार विदेशी नागरिकले प्राप्त गरेको भिसाको उद्देश्य बाहेक अन्य गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था गरेको छ ।
विभागबाट आजैदेखि अनुगमन सुरु गरेको जनाउँदै स्वीकृति नलिएका विदेशी खेलाडीहरु भिसाको उद्देश्य विपरित कुनै पनि खेलमा सहभागी भएको पाईएमा तत्काल कार्वाही अगाडि बढाइने चेतावनी दिएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij