२०८२ चैत्र ४ गते बुधवार
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३औं वार्षिक साधारणसभा आह्वान गरेको छ । सञ्चालक समितिको बैठकले आगामी चैत २५ गते बुधबार पोखरास्थित होटल सिटि स्क्वायरमा बिहान १० बजे सभा बोलाउने निर्णय गरेको हो ।
यस सभाको मुख्य एजेन्डा अन्य ’घ’ वर्गका लघुवित्त संस्थाहरूसँग गाभ्नेरगाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया अगाडि बढाउने रहेको छ । यसका लागि उपयुक्त संस्था पहिचान गर्ने, मूल्याङ्कनकर्ता नियुक्त गर्ने र सम्झौतापत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभामा पेश गरिनेछ ।
सभामा आर्थिक वर्ष २०८१\०८२ को वार्षिक प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाबमाथि छलफल गरी पारित गरिनेछ । आगामी आर्थिक वर्ष २०८२\०८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र एनएमबि बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ति अनुमोदन गर्ने कार्यसूची समेत रहेको छ ।
साधारणसभा प्रयोजनका लागि संस्थाले चैत १७ गते एक दिनका लागि शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने जानकारी दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij