Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

साताको तेस्रो दिन १३ अंकले बढ्यो नेप्से, १२ अर्ब रूपैयाँ बढीको कारोबार

साताको तेस्रो दिन १३ अंकले बढ्यो नेप्से, १२ अर्ब रूपैयाँ बढीको कारोबार


  • 1.4K
    Shares

    साताको तेस्रो दिन १३ अंकले बढ्यो नेप्से, १२ अर्ब रूपैयाँ बढीको कारोबार

    काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ अंकमा पुगेको छ ।

    आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ६ ओटा उपसमुह बढेको छ भने ७ ओटा उपसमुहको सेयरमूल्य घटेको छ । मंगलबार रिडि पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५६ करोड ३७ लाख ६१ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।

    आजको दिन नेप्सेमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंक र हाटल फरेष्ट इनका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी सबै कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत ९.९९ प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

    कुल ३४० कम्पनीको ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ३ करोड ४४ लाख ६ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    प्रकाशित मिति :चैत्र ३ २०८२ मंगलवार - १५:३५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij