Logo

२०८२ फाल्गुण १६ गते शनिवार

२०८२ फाल्गुण १६ गते शनिवार

सिटिजन्स बैंक र भारतको मेदान्त द मेडिसिटि हस्पिटलमाबीच सम्झौता

सिटिजन्स बैंक र भारतको मेदान्त द मेडिसिटि हस्पिटलमाबीच सम्झौता


  • 582
    Shares

    सिटिजन्स बैंक र भारतको मेदान्त द मेडिसिटि हस्पिटलमाबीच सम्झौता

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत स्थित मेदान्त द मेडिसिटि अस्पताल बीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशत सम्मछुट दिने सम्बन्धी समझदारीपत्रमा पुन: हस्ताक्षर भएको छ ।

    यसअघि प्रदान गरिएको छुट सुविधा केवल मेदान्ता, गुडगावँमा मात्र लागू हुँदै आएकोमा, नयाँ सम्झौतापछि उक्त छुट सुविधा मेदान्ताको थप ६ अस्पतालहरू मेदान्ता नोएडा,मेदान्ता सुपर स्पेशलिटी अस्पताल, लखनउ, जय प्रभा मेदान्ता सुपर स्पेशलिटी अस्पताल, पटना, मेदान्ता सुपर स्पेशलिटी अस्पताल, इन्दौर, मेदान्ता अब्दुर रज्जाक अन्सारी मेमोरियल वीभर्स अस्पताल, राँची र मेदान्ता अस्पताल, राँचीमा तथा ५ मेडिक्लिनिकबाट समेत उपलब्ध हुने भएको छ ।

    उक्त समझदारीपत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरे । हाल यस बैंकका ग्राहकहरुले यस सहकार्यबाट भारतमा स्वास्थ्य उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिसकेका छन् र आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुलाई थप लाभान्वित गर्न बैंकले सहकार्यलाई पुनस्निरन्तरता दिन सफल भएको छ ।

    यस सहकार्यको निरन्तरताले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र मेदान्त द मेडिसिटि हस्पिटल बीचको सम्बन्ध अझ सशक्त भएको तथा भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम.३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ७६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रकाशित मिति :फाल्गुण १५ २०८२ शुक्रवार - १०:४२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij