Logo

२०८३ बैशाख २ गते बुधवार

२०८३ बैशाख २ गते बुधवार

नबिल बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

नबिल बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने


  • 1.2K
    Shares

    नबिल बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

    काठमाडौं । नबिल बैंकले ७१ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ७१ हजार १४० कित्ता शेयर बिक्रीमा राखिएको हो।

    उक्त शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीबाट खरिदका लागि निवेदन नपरेकोले अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको छ।

    बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ निर्धारण गरिएको छ। लगानीकर्ताले शेयर खरिदका लागि निवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्न सक्नेछन्।

    शेयर खरिदका लागि ७ दिनभित्र काठमाडौंको नारायणचौरस्थित नबिल इन्भेस्टमेन्ट बैंकिङमा आवेदन पेस गर्न सकिनेछ।  

     

    images
    प्रकाशित मिति :फाल्गुण १५ २०८२ शुक्रवार - १०:३०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij