२०८२ फाल्गुण १३ गते बुधवार
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । संचालक समितिको बैठकको निर्णयले आर्थिक वर्ष २०८१\०८२ को को लागि कुनै पनि लाभांश वितरण नगर्ने जनाएको हो ।
सोही बैठकले २०८२ आषाढ मसान्तको वासलात,आर्थिक वर्ष २०८१\०८२ को नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरी सोको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।
आर्थिक वर्ष २०८१\०८२ को वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आए पश्चात् सोही बमोजिम संस्थाको आगामी वार्षिक साधारण सभा गरिने जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij