Logo

२०८२ फाल्गुण ११ गते सोमवार

२०८२ फाल्गुण ११ गते सोमवार

वाणिज्य बैंकहरुबाट निर्माण क्षेत्रमा बढ्यो कर्जा लगानी, कसको कति ?

वाणिज्य बैंकहरुबाट निर्माण क्षेत्रमा बढ्यो कर्जा लगानी, कसको कति ?


  • 421
    Shares

    वाणिज्य बैंकहरुबाट निर्माण क्षेत्रमा  बढ्यो कर्जा लगानी, कसको कति ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस) सम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले निर्माण क्षेत्रमा कर्जा लगानी बढाएका छन्। 

    सार्वजनिक गरेको तथ्यांक अनुसार २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको पुससम्म २ खर्ब १९ अर्ब ८० करोड रुपैयाँ निर्माण क्षेत्रमा कर्जा लगानी गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्माण क्षेत्रमा बैंकहरुको कर्जा लगानी १०.६७ प्रतिशतले बढेको छ।

    निर्माण क्षेत्रमा १४ वटा बैंकको कर्जा लगानी बढेको छ भने ६ वटाको घटेको छ। चालु वर्षको पुससम्म निर्माण क्षेत्रमा सबैभन्दा धेरै लगानी बैंकमा नबिल रहेको छ भने वृद्धिदरका हिसाबले माछापुच्छ्रे अगाडि रहेको छ। निर्माण क्षेत्रमा सबैभन्दा कम कर्जा प्रवाह गर्नेमा नेपाल एसबीआई बैंक रहेको छ।

    नबिल बैंकले निर्माण क्षेत्रमा २५ अर्ब २२ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको तुलनामा कर्जा प्रवाह २.७७ प्रतिशतले बढेको छ।

    लक्ष्मी सनराइज बैंकले २४ अर्ब १५ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको कर्जा लगानी २६.५२ अर्बले बढेको छ। त्यसैगरी एनआईसी एसिया बैंकले २२ अर्ब २८ करोड ४६ लाख रुपैयाँ निर्माण क्षेत्रमा कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिसम्म ०.५२ प्रतिशतले घटेर २२ अर्ब १६ करोड ९६ लाख रुपैयाँमा झरेको छ।

    एनआईसी एसियासँगै कुमारी बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक र नेपाल एसबीआई बैंकको कर्जा लगानी घटेको छ भने बाँकी रहेको १४ वटाले कर्जा लगानी बढाए पनि वृद्धिदरका हिसाबले माछापुच्छ्रे बैंकको सर्वाधिक ४७.२० प्रतिशत देखिएको छ।

     

    प्रकाशित मिति :फाल्गुण १० २०८२ आइतवार - १६:२३:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij