२०८२ फाल्गुण ९ गते शनिवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी मार्च १६ देखि २२ (२०८२ चैत २ देखि ८) सम्म स्मार्ट मनी टक्स भन्ने नाराका साथ ग्लोबल मनी विक मनाउन लागिएको जानकारी दिएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै ग्लोबल मनी विकको चौधौं शृङ्खला मनाउन लागिएको जानकारी गराएको हो ।
बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ अर्गनाइजेशन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्टको संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउने गरिएको छ ।
नेपालमा यस वर्ष पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै ग्लोबल मनी विक मनाइँदैछ । यो कार्यक्रममा वित्तीय प्रणालीमा आबद्ध संस्थाहरूको सक्रिय सहभागिता रहने केन्द्रीय बैंकले बताएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij