Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

सनम हत्या र ३३ किलो सुन तस्करी प्रकरण: गोरेलाई थप १० वर्ष कैद

सनम हत्या र ३३ किलो सुन तस्करी प्रकरण: गोरेलाई थप १० वर्ष कैद


  • 505
    Shares

    सनम हत्या र ३३ किलो सुन तस्करी प्रकरण: गोरेलाई थप १० वर्ष कैद

    काठमाडौं । उर्लाबारीका सनम शाक्य हत्या तथा ३३ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई १० वर्ष कैद सजाय सुनाइएको छ । उच्च अदालत विराटनगरले जिल्ला अदालत मोरङको फैसला आंशिक रुपमा उल्टाउँदै गोरेलाई थप १० वर्ष जेल हुने फैसला गरेको हो ।

    यसअघि जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा गोरेलाई जन्मकैद (२० वर्ष) को सजाय सुनाएको थियो । उच्चले अपहरण तथा शरीर बन्धक मुद्दामा थप सजाय हुने फैसला गरेको हो । 

    शाक्य हत्या र सुन तस्करीसँग जोडिएको मुद्दा दालतले मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा थप १० वर्ष कैद सजाय सुनाउँदै जिल्लाको फैसलामा संशोधन गरेको छ । 

    उच्च अदालतका न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले माघ २० गतेदेखि नियमित सुनुवाइ गर्दै आइतबार राति अन्तिम फैसला सुनाएको हो । उच्च अदालतका उपरजिष्ट्रार सन्तोष पोखरेलका अनुसार यस मुद्दामा वादी नेपाल सरकार र प्रतिवादीतर्फ ६ जनासहित दुवै पक्षबाट परेको पुनरावेदनलाई एकैसाथ लगाउमा राखेर मुद्दाको सुनुवाइ गरिएको थियो ।

    उच्च अदालतले गोरेसहित लाक्पा शेर्पा र भविन राई भनिने भविन तामाङले दायर गरेको पुनरावेदन जिकिर नपुग्ने ठहर गरेको छ । उनीहरूलाई जिल्ला अदालत मोरङले सुनाएको सजाय यथावत् राखिएको छ । गोरेको हकमा मात्रै थप १० वर्ष कैद सुनाइएको हो । तर,कृष्ण भनिने नरेन्द्र कार्की, मोहन काफ्ले र भोजे मामा भनिने भोजराज भण्डारीको हकमा जिल्ला अदालतले सुनाएको जन्मकैदको फैसला उल्ट्याउँदै उच्च अदालतले १०–१० वर्ष कैद सजाय मात्र कायम गरेको छ । 

    यो प्रकरण २०७४ माघ ९ गते दुबईबाट काठमाडौं ल्याइएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब भएपछि सतहमा आएको हो । उक्त सुन निकाल्न दबाब दिँदै गोरेको समूहले सुनका भरिया रहेका उर्लाबारीका सनम शाक्यलाई अपहरण गरेको थियो । २०७४ फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा करेन्ट लगाएर यातना दिँदै सनमको हत्या गरिएको थियो ।

    प्रकाशित मिति :माघ २६ २०८२ सोमवार - १३:५६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij