Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सानिमा बैंकको नाफासँगै बढ्यो ब्याज आम्दानी, लाभांश क्षमता कति ?

सानिमा बैंकको नाफासँगै बढ्यो ब्याज आम्दानी, लाभांश क्षमता कति ?


  • 1.0K
    Shares

    सानिमा बैंकको नाफासँगै बढ्यो ब्याज आम्दानी, लाभांश क्षमता कति ?

    काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण  अनुसार १ अर्ब ३९ करोड १० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। 

    अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म बैंकले १ अर्ब १९ करोड २३ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको नाफा १६.६५ प्रतिशतले बढेको छ।

    बैंकको खुद ब्याज आम्दानी २०.२४ प्रतिशतले बढेर ३ अर्ब ४२ करोड ८० लाख ८५ हजार रुपैयाँ पुगेको छ। बैंकको खुद फि तथा कमिसन आम्दानी १६.७७ प्रतिशतले बढेर ६० करोड ५८ लाख ९७ हजार रुपैयाँ पुगेको छ, 

    बैंकको सञ्चालन मुनाफा १८.२३ प्रतिशतले बढेर १ अर्ब ९५ करोड ९७ लाख १७ हजार रुपैयाँ पुगेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४ अर्ब २७ करोड ३३ लाख २२ हजार रुपैयाँ रहेको छ।

    बैंकको इम्पेयरमेन्ट चार्ज भने गत वर्षको तुलनामा घटेर ७६ करोड १९ लाख ५२ हजार रुपैयाँमा झरेको छ। यता बैंकको निष्क्रिय कर्जा भने ३.२२ प्रतिशतबाट बढेर ३.६३ प्रतिशत पुगेको छ।

    चुक्ता पूँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ अर्ब २२ करोड १६ लाख रुपैयाँ सञ्चित छ। बैंकको प्रतिशेयर आम्दानी पनि १७.६१ रुपैयाँबाट बढेर २०.५४ रुपैयाँ कायम भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ९२ पैसा रहेको छ। यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ६१ करोड २ लाख ५६ हजार रुपैयाँ रहेको छ।

    images
    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - १३:१५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij