२०८२ माघ ७ गते बुधवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशभरका उम्मेदवारहरू टुंगो लगाएको छ ।
भोलि देशभर उम्मेदवारी दर्ता हुने भएको छ । त्यसअघि नेकपाले देशभरका उम्मेदवार तय गरेको हो ।
नेकपाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रुकुम पूर्वबाट उम्मेदवार बनाएको छ । नेकपा रुकुम पूर्वका इन्चार्ज तेजबहादुर वलीका अनुसार प्रचण्डको कार्यतालिका तय भइसकेको छ ।
प्रचण्ड मंगलबार मनोनयन दर्ता गरेर बुधबार मात्र काठमाडौं फर्कने कार्यतालिका रहेको इन्चार्ज वलीले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij