Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एनआईसी एसिया बैंकले हकप्रद शेयर जारी गर्ने

एनआईसी एसिया बैंकले हकप्रद शेयर जारी गर्ने


  • 897
    Shares

    • images
    एनआईसी एसिया बैंकले हकप्रद शेयर जारी गर्ने

    काठमाडौं । एनआईसी एशिया बैंकले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

    आज बसेको बैठकले हाल कायम चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। 

    बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँबराबरको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्ने प्रक्रिया अगाडि बढाउनेछ।

    हकप्रद शेयर जारी गर्न बैंकले नेपाल राष्ट्र बैंकसमक्ष पूर्वसहमति मागिने जनाएको छ। राष्ट्र बैंकको पूर्वसहमतिपछि यो हकप्रद शेयर ल्याउने प्रस्ताव अब बैंकले आफ्नो साधारणसभामा स्वीकृतिका लागि पेस गर्ने भएको छ।   

    प्रकाशित मिति :पौष २० २०८२ आइतवार - ११:१३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij