२०८२ पौष १७ गते बिहिवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस १६ गते निष्काशन गरेको ऋणपत्रमा दोब्बर आवेदन परेको छ । केन्द्रीय बैंकले हिजो २५ अर्बको ऋणपत्र निष्काशन गरेकोमा बैंक तथा वित्तीय संस्थाले ५१ अर्ब बढीको लागी आवेदन दिएका हुन् ।
केन्द्रीय बैंकले यसअघि निष्काशन गरेको ऋणपत्रमा पनि मागभन्दा बढीका लागी आवेदन परेको थियो । पुस १४ गते निष्काशन गरिएको ऋणपत्रमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले सो ऋणपत्रका लागि १ खर्ब २० अर्ब ५५ करोड रुपैयाँ बराबरको आवेदन दिएका थिए ।
नेपाल राष्ट्र बैंकले बैंकिङ्ग क्षेत्रको लगानीयोग्य रकम केही समय नघट्ने देखेपछि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा उपकरणमार्फत बैंकिङ्ग प्रणालीबाट पैसा उठाउँदै आएकोमा दीर्घकालीन व्यवस्थापनका लागि ऋणपत्र जारी गर्न थालेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij