Logo

२०८२ पौष १४ गते सोमवार

२०८२ पौष १४ गते सोमवार

२५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

२५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


  • 435
    Shares

    २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
    images

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ क’ जारी गर्ने भएको हो। 

    यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्। आज मध्याह्न २ बजेसम्म ऋणपत्रको अनलाइनबाट बोलकबोल हुने भएको छ। यो एकवर्षे अवधिको ऋणपत्र हो। 

    यसको साँव भुक्तानी २०८३ पुस १४ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ।

    यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ।

    प्रकाशित मिति :पौष १४ २०८२ सोमवार - १०:४२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij