Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

कक्षा १२ को परीक्षा फाराम खुल्यो, आंशिकले पनि भर्न पाउने

कक्षा १२ को परीक्षा फाराम खुल्यो, आंशिकले पनि भर्न पाउने


  • 533
    Shares

    कक्षा १२ को परीक्षा फाराम खुल्यो, आंशिकले पनि भर्न पाउने
    images

    काठमाडौं । कक्षा १२ को परीक्षा फाराम खुलेको छ । ०८३ सालमा हुने वार्षिक परीक्षाका लागि फाराम खुला गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले जानकारी दिएको छ ।

    ०८३ को वार्षिक परीक्षाका लागि नियमित र आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९(अन्तिमपटक), ८० र ८१ भएका परीक्षार्थी मात्र०का विद्यार्थीका लागि फाराम खुलाइएको हो ।

    परीक्षासम्बन्धी वार्षिक कार्यतालिकामा उल्लेख भएअनुसार पुस मसान्तभित्र परीक्षा शुल्क बुझाइसक्ने पर्ने हुन्छ । यो अवधिमा छुटेका विद्यार्थीहरुले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

    बोर्डले शुल्क बुझाएको प्रमाणसहित विद्यार्थीको फाराम माघ २५ गतेसम्म बुझाइसक्न विद्यालयहरूलाई निर्देशन दिएको छ । थप जानकारीसहितको सूचना :

    2Notice.jpg

    प्रकाशित मिति :पौष ८ २०८२ मंगलवार - १०:४३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij