Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि छात्रवृत्ति योजना कार्यान्वयन गर्न कार्यविधि बनाइँदै

भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि छात्रवृत्ति योजना कार्यान्वयन गर्न कार्यविधि बनाइँदै


  • 806
    Shares

    भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि छात्रवृत्ति योजना कार्यान्वयन गर्न कार्यविधि बनाइँदै
    images

    काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकाको शिक्षाका लागि घोषणा गरिएको १ अर्ब रुपैयाँको छात्रवृत्ति योजना कार्यान्वयन गर्न  कार्यविधि तयार गरिने भएको छ । 

    यो योजनाका लागि आवश्यक रकम शिक्षा मन्त्रालयअन्तर्गतका विभिन्न शीर्षकबाट रकमान्तर गरिने र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट व्यवस्थापन गर्न सकिनेबारे छलफल भइरहेको छ । 

    शिक्षा तथा खेलकुद मन्त्रालयका सहप्रवक्ता बीरबहादुर धामीले उक्त रकम ससर्त अनुदानका रूपमा अधिकतम स्थानीय तह र केही अंश प्रदेश तथा सङ्घीय कार्यालयहरूमार्फत परिचालन गरिने बताए । 

    ​यो योजना विशेष गरी अतिप्रभावित तीन जिल्लाहरु रसुवा, नुवाकोट र धादिङमा केन्द्रित रहनेछ।  आवश्यकताको सही आकलन ९निड एसेसमेन्ट० र प्रमाणीकरणका आधारमा रकम उपलब्ध गराइने उनको भनाइ थियो ।

     यो बजेट केवल विद्यार्थीलाई नगद वा सिधा छात्रवृत्ति दिनेमा मात्र सीमित नभई उनीहरूको समग्र सिकाइ प्रक्रिया, शैक्षिक सामग्री, आवासीय सुविधा र पुनर्निर्माणजस्ता बालबालिकाको शिक्षासँग सम्बन्धित सम्पूर्ण सहयोगका लागि खर्च गरिनेछ ।

    भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको थियो ।

    प्रारम्भिक विवरणअनुसार बाढीबाट रसुवा, नुवाकोट र धादिङका १९ विद्यालय पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। बाढीबाट १६ जना शिक्षक र २१७ जना विद्यार्थी सम्पर्कविहीन रहेको तथा ९ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको विवरणमा उल्लेख छ ।

     

    प्रकाशित मिति :भाद्र २३ २०८३ मंगलवार - ११:४०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij