२०८२ फाल्गुण २७ गते बुधवार
काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तपुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार ७१६ रुपैयाँको कुल ८.४२१ प्रतिशतले हुन आउने १ अर्ब ६३ करोड ३९ लाख १ हजार ११२.८५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जसमा ८ प्रतिशतले हुन आउने १ अर्ब ५५ करोड २२ लाख ६ हजार ५७.२९ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशतले हुन आउने ८ करोड १६ लाख ९५ हजार ५५.५६ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij