Logo

२०८२ पौष २ गते बुधवार

२०८२ पौष २ गते बुधवार

निरन्तर तेस्रो कारोबार दिन बढ्यो नेप्से, काराेबारमा पनि सुधार

निरन्तर तेस्रो कारोबार दिन बढ्यो नेप्से, काराेबारमा पनि सुधार


  • 687
    Shares

    निरन्तर तेस्रो कारोबार दिन बढ्यो नेप्से,  काराेबारमा पनि सुधार
    images

    काठमाडौं । बुधबार पनि शेयर बजार मापक नेप्से परिसूचक सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५.७० अंकले बढेर २,६२५ को विन्दुमा कायम भएको छ । 

    आज १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोडको शेयर कारोबार भएको छ । 

    १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.७५ प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ।

    यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

    आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावर कम्पनीको २२ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको ११ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    2.JPG

    प्रकाशित मिति :पौष २ २०८२ बुधवार - १५:२१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij