Logo

२०८२ मंसिर २७ गते शनिवार

२०८२ मंसिर २७ गते शनिवार

राष्ट्र बैंकले ६ अर्ब बढी मुद्दति निक्षेपमा लगानी गर्दै, ब्याजदर प्रस्ताव गर्न आह्वान

राष्ट्र बैंकले ६ अर्ब बढी मुद्दति निक्षेपमा लगानी गर्दै, ब्याजदर प्रस्ताव गर्न आह्वान


  • 729
    Shares

    राष्ट्र बैंकले ६ अर्ब बढी मुद्दति निक्षेपमा लगानी गर्दै,  ब्याजदर प्रस्ताव गर्न आह्वान
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा साढे ६ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ६ अर्ब ६० करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। 

    यसका लागि मंसिर २९ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ। कुल रकममध्ये वाणिज्य बैंकमा ५ अर्ब २८ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ९९ करोड रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ३३ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएकोछ। 

    बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा गरेको, न्युनतम पुँजीकोष कायम भएको, निष्कृय कर्जा सापटीको ८ प्रतिशत भन्दा कम भएको, तरल सम्पति खुद निक्षेपमा कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी भएको हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ।

    यो लगानी ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

     

    प्रकाशित मिति :मंसिर २६ २०८२ शुक्रवार - १५:२४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij