Logo

२०८२ मंसिर २४ गते बुधवार

२०८२ मंसिर २४ गते बुधवार

सिटिजन लाइफ इन्स्योरेन्सले घोषणा गर्यो नगद लाभांश

सिटिजन लाइफ इन्स्योरेन्सले घोषणा गर्यो नगद लाभांश


  • 582
    Shares

    सिटिजन लाइफ इन्स्योरेन्सले घोषणा गर्यो नगद लाभांश
    images

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१\८२ का लागि लाभांश घोषणा गरेको छ।

    कम्पनी सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

    कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

    नगद लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी नवौँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जानकारी दिएको छ।

     

    प्रकाशित मिति :मंसिर २४ २०८२ बुधवार - १०:३५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij