Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेशनल लाईफ इन्स्योरेन्स र नेपाल बैंक लिमिटेडबीच जीवन बीमा सम्झौता

नेशनल लाईफ इन्स्योरेन्स र नेपाल बैंक लिमिटेडबीच जीवन बीमा सम्झौता


  • 1.1K
    Shares

    नेशनल लाईफ इन्स्योरेन्स र नेपाल बैंक लिमिटेडबीच जीवन बीमा सम्झौता
    images

    काठमाडौं । श्री नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र श्री नेपाल बैंक लिमिटेडबीच नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूको जीवन बीमा सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

    सम्झौता पत्रमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत (Deputy CEO) श्री स्मृती राज कंडेल र नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत ( ACEO) श्री दीपेन्द्रराज काफ्ले हस्ताक्षर गरे ।

    सम्झौता अनुसार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूको जीवन सुरक्षालाई लक्षित गरी जीवन बीमा सुविधा उपलब्ध गराइनेछ । कर्मचारीहरूको जीवन तथा आर्थिक सुरक्षालाई थप सुदृढ गर्ने उद्देश्यले गरिएको उक्त सम्झौताले बैंकका कर्मचारीहरूलाई बीमा मार्फत थप सुरक्षा तथा जोखिम व्यवस्थापनको सुविधा प्रदान गर्ने विश्वास गरिएको छ ।

    सम्झौता कार्यक्रममा दुवै संस्थाका सम्बन्धित पदाधिकारी तथा अधिकारीहरूको उपस्थिति रहेको थिए । कार्यक्रममा सहभागी पदाधिकारीहरूले कर्मचारीहरूको सुरक्षा, कल्याण तथा दीर्घकालीन हितका लागि जीवन बीमाको महत्व रहेको उल्लेख गर्दै यस प्रकारको सहकार्यले संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

    नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहक तथा संस्थागत साझेदारहरूको आवश्यकता र हितलाई प्राथमिकतामा राख्दै विभिन्न प्रकारका जीवन बीमा तथा जोखिम व्यवस्थापनसम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ । 



    प्रकाशित मिति :भाद्र ३१ २०८३ बुधवार - १७:५९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij