Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपाल प्रिमियर लिग

एनपीएलः आज लिग चरणको अन्तिम खेल हुँदै, कर्णाली र जनकपुर भिड्दै

एनपीएलः आज लिग चरणको अन्तिम खेल हुँदै, कर्णाली र जनकपुर भिड्दै


  • 2.6K
    Shares

    एनपीएलः आज लिग चरणको अन्तिम खेल हुँदै, कर्णाली र जनकपुर भिड्दै
    images

    काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ।

    अपराह्न ३ः३० बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स भिड्नेछन्। छ खेलबाट समान दुई अङ्क जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेकाले प्रतिष्ठाका लागि मात्र खेल्नेछन्। कर्णालीका कप्तान सोमपाल कामी हुन् भने जनकपुरका मार्की प्लेयर आशिफ शेख हुन्। लगातारको असफलतापछि जनकपुरले कप्तान भने अधिकांश खेलमा परिवर्तन गर्दै आएको छ।

    प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सले इलिमिनेटरमा स्थान सुरक्षित गरेका छन्।

    image-111.png

    प्रकाशित मिति :मंसिर २१ २०८२ आइतवार - ०७:४५:१२ बजे
    प्रतिक्रिया

    • सम्बन्धित विषय:

    • # npl

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij