२०८२ मंसिर १६ गते मंगलवार
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुले दृष्टि आई केयर सिष्टममा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता पश्चात यस बैंकका ग्राहक महानुभावहरुले काठमाडौंमा रहेको दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवाहरु उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस हस्पिटलमा आँखा, नाक, कान तथा घाँटी सम्बन्धी उपचार गर्दा छुट सुविधा प्राप्त गर्न सक्नुहुनेछ । इएनटी र जेनरल सर्भिस अन्तर्गत ओपीडीमा २० प्रतिशत तथा इनभेष्टिगेशनमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, आँखा उपचार गर्दा ओपीडी जेनरलमा २० प्रतिशत, अपरेशन चार्ज, सर्जरी प्याकेज तथा इनभेष्टिगेशनमा ५ प्रतिशत, ल्याब्रोटरीमा १० प्रतिशत र अप्टिकल प्रोडक्ट मा ७.५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ ।
यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij